इरान मुद्धामा अमेरिका–बेलायत फुट्ने सम्भावना कति ? यस्तो छ इतिहास

इरान मुद्धामा अमेरिका–बेलायत फुट्ने सम्भावना कति ? यस्तो छ इतिहास


काठमाडौं – अमेरिका–बेलायतको सम्बन्धलाई लिएर वर्षौदेखि विभिन्न किसिमका टिका टिप्पणी हुँदै आएको छ । इतिहास, भाषा तथा साझा मूल्य मान्यतालाई लिएर दुई देशबीच लामो साझेदारी रहँदै आएको छ । स्वतन्त्रताको लडाइँमा दुवै देशले साथ साथै रगत बगाए र यसको मूल्य पनि चुकाए ।

नोमेडीको सागर तट यसको साक्षी बनेको छ । तर दुवै देशको सम्बन्धमा बेला बखत उतार–चढाव आइनै रहेको छ ।

स्वेज नहरमा आक्रमण तथा भियतनामको लडाइ, इतिहासको घटनाले दुई देशबीचको सम्बन्धमा अमिलोपना आएको हो ।

अमेरिकी स्कुलका बालबालिकालाई आज पनि यो कुरा सिकाइन्छ कि बेलायती मानिसले सन् १८१४ मा ह्वाइट हाउस जलाएका थिए ।

मतभेदको मुद्धा

बेलायत तथा अमेरिकाबीच जारी विद्यमान तनावको विषयलाई लिएर यो कुरा पनि लागु हुन्छ । यसमा कुनै शंका छैनकि दुवै देशबीचको मुद्धाको विषयलाई लिएर धेरै मतभेद रहेको छ ।

ह्यारी डनको हत्याको घटना अझै ताजा नै रहेको छ र यो विश्वसामु देखिएकोनै छ । गत वर्ष अगस्टमा ह्यारीको कार दुर्घटनामा मृत्यू भएको थियो । कार दुर्घटनाका लागि जिम्मेवार महिला एनी सेकुलस एक अमेरिकी गुप्तचर अधिकारीका पत्नी हुन् । अमेरिकाले यो घटनामा एनी सेकुलसको प्रत्यर्पण अस्वीकार गरेको थियो

बेलायतले न्यायका लागि एनी सेकुलसको कुटनीतिक छुट समाप्त गर्नु आवश्यक भएको बताएको थियो । यसो गर्नाले विश्वभरी अमेरिकाको कुटनीतिज्ञलाई प्राप्त सुरक्षा कमजोर हुने अमेरिकाको भनाई छ । यो एक यस्तो घटना हो, जसको समाधान हुनका लागि लामो समय लाग्न सक्छ ।

ठूला प्रविधि कम्पनीमा युरोप २ प्रतिशतको दरमा डिजिटल सेवा कर लगाउन चाहन्छ । बेलायत तथा अमेरिकाको बीचमा यो विषयलाई लिएर पनि मतभेद रहेको छ । किनकी धेरैजसो ठूला प्रविधि कम्पनी अमेरिकाको रहेको छ । बेलायतले गुगल र फेसबुकलाई आफ्नो देशमा जुन फाइदा भइरहेको छ त्यसमाथि कर लगाउन चाहन्छ ।

तर अमेरिकाले यस किसिमको कर एकतर्फी भएको र यसो भएमा आफू पनि बेलायती कारको बिक्रीमा जवाफी कर लगाउन सक्ने बताएको छ । बेलायतका लागि यो एक धम्कीको रुपमा रहेको छ । डिजिटल सेवा कर लगाइयो भने ब्रेक्जिटपछि बेलायतसँग गरिने कारोबारी सम्झौता कठिन हुन सक्ने अमेरिकाको भनाइ रहदै आएको छ ।

चिनियाँ कम्पनीको हुवावेको मामिला

हामीले चिनियाँ कम्पनी हुवावेको मामिला पनि बिर्सनु हुदैन । समाचारअनुसार आगामी साता बेलायतमा फाइभ–जी पूर्वाधारमा चिनियाँ कम्पनी हुवावेलाई अनुमती दिने फैसला हुन सक्छ ।

हुवावेको सहयोगबिना आफ्नो देशमा सुपरफास्ट ब्रोडब्यान्ड प्रविधिको लन्चिङमा ढिलाई हुन सक्ने भनाई बेलायतको रहँदै आएको छ र यसले बेलायतको अर्थव्यवस्थालाई नोक्सानी पुग्न सक्छ । हुवावेको सम्बन्ध चीन सरकारसँग रहेको र यो कम्पनीबाट सुरक्षामा खतरा हुन सक्ने भनाई अमेरिकाको रहँदै आएको छ ।

यो विषयमा अमेरिकाले बेलायतलाई धम्की दिँदै आएको छ कि जासुसी जानकारी बेलायतसँग साझा गर्न सकिन्न ।

कुरा इरानको पनि छ । बेलायतले आफ्ना युरोपेली सहयोगीसँग इरान परमाणु सम्झौता बचाई राख्नका लागि संघर्ष गरिरहेको छ ।

कासिम सुलेमानीको हत्यापछिको समय

इरानसँग कस्तो किसिमको परमाणु क्षमता छ भन्ने विषयमा संयुक्त राष्ट्र संघले जाँच गर्न बाँकिनै रहेको छ । यो सम्झौतामा इरानसँगको वार्ताको आशा अझै बाँकी नै रहेको छ ।

परमाणु सम्झौताबाट इरानको आम्दानी बढेको र यसको प्रयोग मध्यपूर्वमा चरमपन्थ बढाउनका लागि भएको निश्कर्ष अमेरिकाको रहँदै आएको छ ।

कासिम सुलेमानीको हत्याको विषयमा अमेरिकाले बेलायतलाई अग्रिम जानकारी दिन असफल रह्यो । यो विषयमा बेलायतका रक्षा सचिव बेन भ्यालेसले हालै मात्र सन्डे टाइम्सलाई दिएको अन्तर्वार्तामा बेलायतले अमेरिकाको कुनै सहयोगबिना लडाइको तयारी गर्नु पर्ने बताएका छन् ।

उनले भने, ‘हामी सधैनै अमेरिकी गठबन्धनको हिस्सा बन्दै आएका छौ । यो मान्यता २०१० मा थियो । हामी जुन दिशामा अगाडि बढिरहेका छौ, यसले अब त्यस्तो लाग्दैन ।’

कुनै पनि बेलायती मन्त्रीकोतर्फबाट यस किसिमको कुरा सुन्नु सामान्य लाग्दैन । बेलायत तथा अमेरिका सम्बन्धको विद्यमान स्थितिमा यो कुटनीतिक विवाद भएको जस्तो लाग्छ ।

व्यापार युद्धको सम्भावना, गुप्तचरी जानकारी साझा गर्ने विषयलाई लिएर असहमती भएको छ । विदेश नीतिको मोर्चामा विश्वले जुन मुद्धाको सामना गरिरहेको छ, यसको विषयलाई लिएर मतभेद रहेको देखिन्छ ।

बेलायत र अमेरिकाबीचको कयौ मुद्धलाई लिएर असहमती रहेको देखिन्छ । तर यो के कारणले भइरहेको छ ?

बेलायत विदेश नीतिको मोर्चामा स्वतन्त्र व्यवहार अपनाउन चाहन्छ । यस्तो केबल अमेरिकासँग मात्रै होइन । नयाँ कन्जर्भेटिभ सरकारसँग संसदमा स्पष्ट बहुमत रहेको छ र अन्तर्राष्ट्रिय स्तरमा उसको आत्मविश्वास पनि रहेको देखिन्छ ।