अमेरिकी विशेष प्रतिनिधिद्वारा पाकिस्तानमा भेटवार्ता

अमेरिकी विशेष प्रतिनिधिद्वारा पाकिस्तानमा भेटवार्ता


अफगानिस्तान – अफगानिस्तानका लागि अमेरिकी विषेश प्रतिनिधिहरुको टोलीले पाकिस्तानमा सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेको छ ।

विषेश प्रतिनिधि जल्मे खलिलजादले पाकिस्तान भ्रमणका क्रममा शुक्रबार सरकारी अधिकारीहरुलाई तालिबानी लडाकूहरुसँग भइरहेको शान्ति वार्ताको पछिल्लो अवस्था जानकारी गराएका थिए ।

पाकिस्तानस्थित अमेरिकी दूतावासद्वारा जारी वक्तव्यमा विषेशप्रतिनिधि खलिलजादले पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशी, प्रधानसेनापती क्वामर जाभेद बाज्वालगायतसँग भेटवार्ता गरेको उल्लेख गरिएको छ ।

अमेरिकाले तालिवान लडाकूहरुसँग गरिरहेको शान्ति वार्ताको प्रगतिका बारेमा खलिलजादले उनीहरुलाई जानकारी गराएका थिए ।

विषेशप्रतिनिधि खलिलजादले अफगानिस्तान र तालिबानी लडाकूको बीचमा सम्झौता गराउन लागेको र त्यसमा सहयोगको अपेक्षा गरेको पाकिस्तानी अधिकारीहरुसँग बताएका थिए ।

शान्ति वार्ता सफल भएमा यस क्षेत्रको आर्थिक तथा सुरक्षा मामिलामा हुने फाईदाका बारेमा पनि उहाँहरुबीच छलफल भएको वक्तव्यमा जनाइएको छ ।

तालिबानी लडाकूहरुको तर्फबाट गत आइतबार तीन महिनापछि दोहामा वार्ता गर्ने घोषणा भएको थियो ।