काठमाडौं – सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा नेपाल आएको अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोलीले प्रहरी प्रधान कार्यालयको भ्रमण गरी विपद व्यवस्थापन सम्बन्धी कार्यशैली र अनुभव आदानप्रदान गरेका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमण गरी विपद व्यवस्थापन सम्बन्धी नेपाल प्रहरीको पूर्व तयारी, कार्यशैली र अनुभव आदानप्रदान गरेका हुन् । प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनालले उक्त टोलीसँग भेटघाट गरी भूकम्प, बाढी पहिरो, दुर्घटना जस्ता विपदजन्य घटनामा उद्धार, पुनर्स्थापना लगायतको भूमिकामा नेपाल प्रहरीको अनुभव आदान प्रदान गरे ।
सो क्रममा लेफ्टिनेन्ट कर्णेल क्रिजले सीमित स्रोत साधन र दक्ष जनशक्तिको बाबजुद नेपाल प्रहरीले उद्धार र राहत वितरणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताइन् । साथै उक्त टोली समक्ष प्रहरी प्रधान कार्यलयकोतर्फबाट प्रहरी उपरीक्षक सबिन प्रधानले विपद व्यवस्थापनमा नेपाल प्रहरीको जिम्मेवारी, पूर्व तयारी, कार्य शैली र अनुभवबारे प्रस्तुतिकरण गरेका थिए ।
प्रतिक्रिया