मध्य र दक्षिणी अमेरिकामा आँधी आउँदा २० जनाको मृत्यु

मध्य र दक्षिणी अमेरिकामा आँधी आउँदा २० जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा आँधी चलेको छ । हुरीबताससहितको आँधीमा परी कम्तिमा २० जनाको मृत्यु भएको उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

मिसौरीमा ११ जनाको मृत्यु भएको छ । मिसौरी र टेनेसीमा चट्याङ र तीब्र गतिको हावा चलेपछि थप सावधानी अपनाउन भनिएको छ । जर्जियाका गभर्नर ब्रायन केम्पले आपतकालको घोषणा गरेका छन् ।

बीबीसीका अनुसार आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ।

टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ। साथै अलाबामा र अर्कान्सासका केही भागमा पनि बाढीको चेतावनी जारी गरिएको छ।