एजेन्सी – अमेरिका, अफगान तथा तालिबान अधिकारी शनिबार कतारको दोहोमा भएको सम्झौतालाई शान्ति सम्झिौता भन्न डराइरहेका छन् ।
तर अफगानिस्तानमा सतर्कताका साथ सम्झौतापछि हिंसामा कमी आउने आशा गरिएपनि आंशिक युद्धविराम मात्रै लागु हुने भन्ने आशंका व्यक्त गरिएको छ ।
दुई दशकदेखि जारी अफगान युद्धमा धेरै रगत बगिसकेको छ । तालिबानले हाल अफगानिस्तानमा धेरै क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ । तर, ऊ अझैपनि शहरी क्षेत्रमा नियन्त्रण गर्नका लागि असमर्थ रहँदै आएको छ ।
तर अमेरिका र तालिबान दुवैले सैन्य शक्तिबाट जीत हासिल गर्न सक्षम नहुने ठानिसकेका छन् । यसैबीच अमेरिकी राष्ट्रपतिले अफगानिस्तानबाट सेना फिर्ता गर्ने स्पष्ट पारिसकेका छन् ।
अमेरिकाको छुटपछि वार्ता
अन्तमा अमेरिकाले मुख्य छुट दिएको र यसपछि मात्रै दुई पक्षबीच वार्ता हुन सकेको हो । २०१८ मा अमेरिकाले तालिबानलाई उक्त शर्तमा छुट दिएको थियो, जस अनुसार उसले सबैभन्दा पहिले अफगान सरकारसँग वार्ता गर्नु थियो । अफगान सरकारले तालिबानलाई सधै खारेज गर्दै आएको छ ।
अमेरिकाले तालिबानसँग सीधै वार्ता गरोस् र अफगानिस्तानमा विदेशी सैनिकको उपस्थितिको माग मुख्य रहेको तालिबानको रहँदै आएको थियो ।
यो वार्तापछि शनिबार भएको सम्झौता अस्तित्वमा आउन सकेको हो, जसमा तालिबानले २००१ मा अमेरिकी हमलाको कारण बनेको एक अल कायदासँग सम्बन्धमा बिचार गर्नुपर्ने उल्लेख थियो ।
यो सम्झौताले वार्ताको ढोका खोलेको छ । यसपछि चरमपन्थी तथा अन्य अफगान राजनीतिज्ञकाबीच वार्ता हुनेछ । यसमा सरकारको नेता पनि समावेश हुनेछन् ।
अफगान सरकारसँगको वार्ता चुनौतीपूर्ण
यो वार्ता अत्यन्त चुनौतीपूर्ण हुने देखिएको छ । महिलाको के अधिकार हुन्छ ? लोकतन्त्रमा तालिबान के बिचार रहेको छ ? यस किसिमको जवाफ त्यतीबेलमा मात्रै पाइन्छ जब अफगान वार्ता सुरु हुन्छ । त्यतीबेलासम्म अफगान जानीजानी अस्पष्ट रहन्छ । यो वार्ता सुरु हुनु अगाडि कयौ अवरोध रहने छ ।
तालिबानले यो वार्ता सुरु हुनुभन्दा पहिले आफ्ना ५००० लडाकु छोडुन भन्ने इच्छा व्यक्त गरेको छ । अफगान सरकार आफ्नो कैदमा रहेका यी लडाकुको माध्यमबाट तालिबानसँग मोलमलाई गर्न चाहन्छ । यसले तालिबान युद्ध बिरामका लागि राजी होस् भन्ने इच्छा उसको रहेको छ ।
यसैबीच राष्ट्रपतिको चुनावको परिणामलाई लिएर राजनीतिक संकट जारी छ । असरफ घानीका बिरोधी अब्दुलला अब्दुलाले धोकेवाजीको आरोप लगाएको छ ।
सम्झौता निष्प्रभावि भएपछि के हुन्छ ?
अफगान वार्ता सुरु भएपनि यसका लागि वर्षौ लाग्न सक्ने एक अधिकारीले स्वीकार गरेका छन् । तर अमेरिकाले यदी तालिबानले सम्झौताको प्रतिबद्धता पुरा गरेमा १४ महिनामै आफ्नो सेना हटाउने संकेत गरेको छ ।
यदी कुनै वार्ता समाधानसम्म पुगेन भने अमेरिका अफगानिस्तानमा कहिलेसम्म बस्छ भन्ने विषय स्पष्ट भएको छैन ।
अमेरिकी सेनाको फिर्ति सशर्त भएको अफगान अधिकारीले बताएका छन् । तर एक कुटनीतिज्ञले अफगान वार्ता भएपछि मात्रै सेना जाने वा पुरा भएपछि जाने स्पष्ट नभएको बताएका छन् ।
अमेरिकाले आफ्नो सुरक्षाबल निकालेपछि यदी तालिबान युद्ध मैदानमा गयो भने अफगान सुरक्षा बल एक्लै पर्ने पनि उनले बताए ।
तालिबान छुट दिने मुडमा नरहेको अर्का विश्लेषकले बताएका छन् । उसले यो सम्झौतालाई एक जीतको रुपमा प्रस्तुत गरेको उनको भनाई छ । तालिबान अन्तर्रा्ष्ट्रिय वैधता र मान्यता चाहन्छ ।
दोहमा धुमधामका साथ भएको सम्झौतामा उनीहरुलाई यस्तो पहिचान दिइएको छ र उनीहरुले वार्ताको माध्यमबाट आफ्नो उद्देश्य पुरा गर्ने सबैभन्दा राम्रो मौका भएको ठानेको उनले बताए । अधिकांश अफगानीको प्राथमिकता भनेको हिंसामा कमी आओस् भन्ने रहेको छ ।
प्रतिक्रिया