एजेन्सी – अमेरिकाको टेक्सासमा फेरि अन्धाधुन्द गोली प्रहार भएको छ । एक बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूलाई जथाभावी प्रहार गरेको गोली लागेर कम्तीमा ५ जनाको ज्यान गएको छ भने प्रहरीसहित १६ जना घाइते भएका छन् ।
ओडेसा नगरका प्रहरीका अनुसार ट्राफिक प्रहरीले ती व्यक्तिको गाडी रोक्ने प्रयास गरेको भन्दै उनले पहिले ट्राफिक प्रहरीलाई गोली प्रहार गरेका थिए । करिब ३० वर्षका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसेर नजिकैको मिडल्यान्ड नगरमा हिँडिरहेका मानिसलाई लगातार गोली प्रहार गरेका थिए ।
ती व्यक्तिलाई पनि प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको बताइएको छ ।ओडेसाको अस्पतालमा भर्ना गरिएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया