एजेन्सी – अमेरिकामा आर्थिक वर्ष २०२० मा राष्ट्रिय रक्षा नीति विधेयकले युक्रेनलाई ३० करोड डलरको सैन्य सहायतका लागि मंजुरी दिएको छ । किभस्थित अमेरिकी दुतावासले ट्वीटरमार्फत यसको जानकारी गराएको हो ।
‘राष्ट्रतिले हस्ताक्षर गरेको राष्ट्रिय रक्षा प्राधिकरण अधिनियमबाट युक्रेनलाई अमेरिकी सुरक्षा सहयोग मजबुत बनाउने छ र युक्रेनका लागि मजबुत द्विदलिय समर्थन सुनिश्चि गर्नेछ,’ दूतावासले भनेको छ ।
कांग्रेसमा पारित भएपछि योे विद्येयकमा गत साता अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेको सिन्ह्वा समाचार समितीले जनाएको छ । अमेरिकी रक्षा तथा सुरक्षाको क्षेत्रमा युक्रेनको सामरिक साझेदारी रहेको छ । अमेरिकाले २०१४ मा पूर्वी युक्रेनमा संघर्ष सुरु भएपछि यो मुलुकलाई धेरै सहयोग प्रदान गर्दै आएको छ ।
अमेरिकी सिनेटका प्रमुख नेता मिच म्याककोनलले राष्ट्रपति डोनाल्ड ट्रम्पको महाअभियोगको सुनुवाईमा साक्षिलाई बोलाउनबाट अस्वीकार नगरेको बताएका छन् । तर नयाँ साक्षिको हालनै आवश्यक नभएको उनले संकेत दिएका छन् ।
डोनालड ट्रम्पमाथि उनले २०२० को राष्ट्रपति चुनावमा सम्भावित प्रतिद्वन्द्वी जो बिडेन समेत आफ्ना घरेलु प्रतिद्वन्द्वीको छवि खराब गर्नका लागि युक्रेनबाट गैर कानुनी तरिकाबाट सहयोग मागेको आरोप लागेको छ ।
प्रतिक्रिया