सुलेमानीको हत्यापछि विश्वभर युद्धको खतरा, ३ हजार अमेरिकी सैनिक खाडीमा

सुलेमानीको हत्यापछि विश्वभर युद्धको खतरा, ३ हजार अमेरिकी सैनिक खाडीमा


वासिङटन – इरानी जनलर कासिम सुलेमानीको मृत्यूपछि विश्वभरीमा युद्धको खतरा बढेर गएको छ । इरानले आफ्ना कमाण्डरको हत्याको बदला अमेरिकासँग लिएरै छाड्ने जनाएको छ ।

अमेरिकाले यो खतरा बुझेर खाडी देशमा थप ३ हजार सैनिक पठाउने भएको छ । यसका कारण अमेरिका खाडी देशमा आफ्नो मोर्चाबन्दी गर्नका लागि जुटेको छ ।

एपीका अनुसार अमेरिकाको रक्षा विभागका अधिकारीले भनेका छन्, ‘जुन ३००० सैनिकलाई खाडीमा पठाइन लागिएको छ त्यो ८२ औं एयरबर्न डिभिजनका हुन् र उनीहरु नर्थ क्यारोलिनास्थित फोर्ट ब्रेगसँग सम्बन्ध राख्छन् ।’

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अहिलेसम्मि पनि यो फैसालको घोषणा गरिनसकेको नाम नबताउने शर्तमा एक अधिकारीले बताएका छन् ।

३ हजार सैनिकको यो दस्ता यसै साता कुवेत पठाइएको ७०० अमेरिकी सैनिक भन्दा छुट्टै हो । इरान समर्थित लडाकुले बगदादमा अमेरिकी दूतावासमा हमला गरेपछि अमेरिकाले उक्त तैनाथी गरेको हो ।

इरानी जनरल कासिम सुलेमानीको मृत्यूपछि उत्पन्न हुने अवस्थाको सामना गर्नका लागि भएको अमेरिकाको यो तयारीबाट थाहाँ हुन्छ ।

गत साताको ७०० सैनिकको तैनाथी अगाडिनै अमेरिकाले गत साता सम्मको अवधिमा १४ हजार सैनिक मध्यपूर्वमा पठाइसकेको छ ।

मे महिनामा अमेरिकाले सार्वजनिक रुपमै इरानले अमेरिकी स्वार्थको ठेगानमा हमलाको योजना बनाइर।हेको स्वीकार गरेको थियो ।