अमेरिकी महिलालाई अपहरण गरि ३ लाख यूरो फिरौती माग्ने नेपाली महिला पक्राउ

अमेरिकी महिलालाई अपहरण गरि ३ लाख यूरो फिरौती माग्ने नेपाली महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको खबर दिएको दुई दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरबाट अपहरणमुक्त गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , काठमाडौंस्थित अमेरिकी राजदूतावासले अमेरिकन राहदानी वाहक ७० वर्षीया वृद्धालाई गत सोमबार पोखरा महानगरपालिका–६ लेकसाईड स्थित एक होटलबाट अपहरणमा परेको खबर प्राप्त गरेको थियो ।

अपहरणकारीले फिरौती बापत ३ लाख युरो मागिएको पनि कास्की प्रहरीलाई जानकारी गराइएको थियो । अनुसन्धान गर्दै प्रहरीले ती वृद्धालाई अपहरण गरेको आरोपमा एक जना महिलालाई पनि पक्राउ गरेको छ । अपहरण गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका–४ बस्ने वर्ष ३७ की सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो साथीहरुसंग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आएकी ती अमेरिकी वृद्धा अपहरणमा परेको सूचना पाउना साथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ती अपहरणमा परेकी अमेरिकी वृद्धालाई मकवानपुरको हेटाैँडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ ।

हाल जिल्ला प्रहरी कार्यालय हिरासतमा रहेकी सरिता लामाविरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।