शान्ती नचाहने केही तत्वहरुले नेपाल र भुटानको सीमाबाट फाइदा लिइरहेका छन् : अमित शाह

शान्ती नचाहने केही तत्वहरुले नेपाल र भुटानको सीमाबाट फाइदा लिइरहेका छन् : अमित शाह


एजेन्सी – भारतका केन्द्रिय गृहमन्त्री अमित शाहले भारतमा शान्ती नचाहनेहरुले नेपाल र भुटानको सीमा प्रयोग गरिरहेको दाबी गरेका छन् ।

बिहीबार भारतको सीमा सुरक्षा बल (एसएसबी)को ५६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शाहले भुटान र नेपालसँग भारतको सौहार्दपूर्ण सम्बन्ध भए पनि केही तत्वहरूले खुला सीमाको फाइदा उठाउने गरेको बताएका हुन् ।

‘भारतमा शान्ति देख्न नचाहने केही तत्वहरूले भारतमा घुस्न यी देशका सीमा प्रयोग गर्न खोज्छन्,’ शाहले भने । एसएसबीले नेपाल र भुटानका सीमावर्ती क्षेत्रको सुरक्षा गर्ने गरेको छ ।