प्रधानमन्त्रीको थाहा छैन,कांग्रेस महामन्त्रीको चाँहि बेडरुमसम्म भ्रष्टाचारीहरुको पहुँच छ : सांसद सिंह

प्रधानमन्त्रीको थाहा छैन,कांग्रेस महामन्त्रीको चाँहि बेडरुमसम्म भ्रष्टाचारीहरुको पहुँच छ : सांसद सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–  सांसद अमरेश कुमार सिहले कांग्रेस महामन्त्रीको बेडरुम सम्म भ्रष्टाचारीहरुको पहुँच रहेको आरोप लगाएका छन् । 

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिहले उक्त आरोप लाएका हुन् । 

उनले कांग्रेसलाई नियम कानुन र संविधानको पालना गर्न नआउने समेत बताए । 

उनले भने- ‘केही दिन अघि कांग्रेसका महामन्त्रीले प्रधानमन्त्रीको बेडरुममा बिचौलिया रहेको बताउनु भयो त्यो छ कि छैन थाहा छैन तर, कांग्रेस महामन्त्री को बेडरुम सम्म भ्रष्टाचारीहरुको पहुँच छ । भ्रष्ट्राचार मुद्दामा सर्वोच्चबाट कैद जरिवाना पाइसकेको मान्छे उहाँको बेडरुममा छ तर हटाउन सकेको छैन । किनकी कांग्रेसलाई नियम कानुन र संविधानको पालना गर्न आँउदैन ।’ 

केही दिनअघि महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए ।