कसले हान्यो कांग्रेस सांसद अमरेश सिंहलाई गोली ?

कसले हान्यो कांग्रेस सांसद अमरेश सिंहलाई गोली ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही –  भारतीय संस्थापनको निक्कै नजिक मानिने नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहमाथि प्रहार गरिएको गोली उनको गाडीमा लागेको छ । भारतीय आपराधिक सूचीमा रहेका व्यक्तिले अमरेशमाथि गोली चलाएको आरोप लगाइएको छ । गोली चलाउने राष्ट्रिय जनता पार्टीका कार्यकर्ता भएको अमरेशको दाबी छ ।

 

सर्लाही वलरा ३ मा नेपाली कांग्रेसकी महिला उमेद्वार चन्द्रीका देवीलाई भेट्न जाँदा आफूमाथि गोली प्रहार गरिएको सिंहले जानकारी दिए । सोहि नगरपालिकाको वडा नं ३ का राजपाका तर्फबाट अध्यक्षका प्रत्यासी सुशिल मिश्राले आफूमाथि गोली प्रहार गरेको सिंहले बताए ।

 

 

 

आफ्नो ज्यान लिने उद्देश्यका साथ प्रहार गरिएको गोलीले सवारीमा प्वाल परेको बताए । आफूमाथि गोली प्रहार भएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीले प्रतिकारमा एक राउण्ड फायर गरेको उनले बताए ।

 

सर्लाहीस्थित सुरक्षा स्रोतका अनुसार मिश्रा विहारमा हत्या र अपहरणको मुद्धा खेपिरहेका र खोजीका सूचीमा रहेका छन् । चुनावलाई प्रभावित पार्न अघिल्लो रात आफूमाथि आक्रमणको घटना भएको उल्लेख गर्दै सिंहले यसको जानकारी प्रधानमन्त्रीदेखि सुरक्षा निकाय सबैलाई गराएको बताए ।