अमेरिकामा प्रहरीको गोलीबाट काठमाडौंका युवकको मृत्यु

अमेरिकामा प्रहरीको गोलीबाट काठमाडौंका युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा प्रहरीले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। अमेरिकाको कोलोराडो डेनभरनजिक ब्रुमफिल्डमा प्रहरीले चलाएको गोली लागेर काठमाडौं घर भएका २५ वर्षीय वीरेन्द्र ठकुरीको मृत्यु भएको हो।

स्थानीय सञ्चार माध्यमका अनुसार ती युवकमाथि शनिबार राति गोली प्रहार भएको थियो। उनी आमा र दाइका साथमा घटनास्थल नजिकै वेष्टमिनिष्टरमा स्थायी रुपमा बस्दै आएका थिए।

सडकमा हिँडिरहेका बेला प्रहरीले उनीमाथि गोली चलाएको बताइएको छ। तर, प्रहरीले किन गोली हान्यो कारण खुलाइएको छैन। स्थानीय सञ्चारमाध्यका अनुसार गोली लागेका ती युवकलाई प्रहरीले नै अस्पताल लिएर गएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ। मृतकको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ। मृतककी आमा अहिले बेहोस छिन्।