अमृत राईलाई कामु परराष्ट्रसचिवको जिम्मेवारी, मन्त्रिपरिषद् कार्यालय तानियो सचिव लम्साललाई

अमृत राईलाई कामु परराष्ट्रसचिवको जिम्मेवारी, मन्त्रिपरिषद् कार्यालय तानियो सचिव लम्साललाई


काठमाण्डु – परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव अमृत राईले कामु परराष्ट्रसचिवको जिम्मेवारी पाएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई कामु परराष्ट्रसचिवको जिम्मेवारी दिएको हो ।

परराष्ट्रसचिव सेवा लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । सचिव लम्साल बेल्जियमका लागि नेपालको राजदूतमा मन्त्रिपरिषद्बाट सिफारिस भएकी थिइन् । उनी संसदीय सुनुवाइबाट पनि अनुमोदित भइसकेकी छिन् ।

अझै बेल्जियमबाट ‘एग्रिमो’ नआएकाले नआउने बेलासम्म लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको हो ।