राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुखमा राई नियुक्त 

राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुखमा राई नियुक्त 


काठमाडौं – सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुखमा अमृतकुमार राईलाई नियुक्त गरेको छ । उनलाई सरकारले केही समयअघि कार्यकाल नसकिदै दक्षिण अफ्रिकाबाट फिर्ता बोलाएको थियो । उनी दक्षिण अफ्रिकाका लागी नेपाली राजदूत थिए । 

न्युयोर्कस्थित नियोगको प्रमुखका लागि परराष्ट्र सचिव शंकर बैरागी वा सहसचिव भरतराज पौडेल जाने चर्चा चलेपनि अन्तिममा राईले जिम्मेवारी पाएका हुन् । उनि परराष्ट्रमा क्षमतावान् अधिकारी मानिन्छन् । यसअघी प्रमुख रहेका नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई सरकारले फिर्ता बोलाएको थियो।

उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एक वर्ष थप गरेको थियो । 

स्रोतकाअनुसार सोमबार बसेको मन्त्रीपरिषद् बैठकले राईलाईसंयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुखको जिम्मेवारी दिएको हो । उनि हालका प्रधानमन्त्री परराष्ट्रमन्त्री हुंदा उनको निजी सचिव समेत थिए । राई भावी परराष्ट्र सचिवका उम्मेदवार समेत हुन् ।