आनन्दकुटी विद्यापीठको भवन शिलान्यास, चाइना र नेपालको मैत्री सम्बन्धलाई निरन्तरता

आनन्दकुटी विद्यापीठको भवन शिलान्यास, चाइना र नेपालको मैत्री सम्बन्धलाई निरन्तरता


काठमाडौं – चाइना फाउण्डेसन फर पोभर्टी एलिभेसन र सफा सुनौलो नेपालको साझेदारीमा शुक्रबार काठमाडौंमा आन्नद कुटी विद्यापीठ स्कूलको करुणा भवन शिलायान्यास गरिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एलाई फाउण्डेसनका अध्यक्ष झौ बिंगेडले क्षतिग्रस्त विद्यालय आन्नद कुटी विद्यापीठ स्कूलको करुणा भवनको शिलायान्यास गरेका हुन् ।

२००८ देखी स्वयम्भूको काखमा शिक्षाको ज्योति फौलाउँदै आइरहेको छ आनन्दकुटी विद्यापीठ । ६७ बर्ष अगाडी शीक्षा प्रेमी अमृतानत्दले शिक्षा प्रतिको लगन मानव मैत्रीराखी सबैले प्रज्ञारुपी शिक्षा पाउनु पर्दछ भन्ने उदेश्यका साथ स्थापना गरेका थिए ।

वि.सं २०७२ सालको महाभूकम्पले उक्त विद्यालयको भवनलाई क्षति पु¥याएपछि केही बर्ष पठन पाठनमा असहज सृजना भएको थियो । तर सहयोगी मन बोकी नेपाल सरकार, स्थानिय निकायसँगै हातेमालो गर्दै चाइना फाउण्डेशन प्रोभर्टी एल्भेशन नेपालले उक्त विद्यालयलाई सहयोग गर्दै आइरहेको थियो ।

गत शुक्रबार इनलाईट फाउण्डेशनको आर्थिक सहयोगमा चाइना फाउण्डेशन प्रोभर्टी एल्भेशन नेपाल र सफा सुनौलो नेपालको समन्वयमा भुकम्पले क्षति पु¥याएको आनन्दकुटी पिद्यापीथको शीलान्यास गरेको छ । पूर्व प्रधानमन्त्री एवंम वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न शीलान्यास कार्यक्रममा बोल्दै नेता खनालले यस विद्यापीठ नेपाल र चाइनाको मैत्रीसम्बन्धको एउटा स्तम्भ भएको बताए ।

कार्यक्रममा सफा सुनौलो नेपालका अध्यक्ष राकेश हमाल र सार्वजनिक शैक्षिक गुठीका अध्यक्ष डा। धर्ममूर्ति मास्टरले पुर्ननिर्माण पत्रमा सम्झौता गर्नु भएको थियो । कार्यक्रममा बोल्दै चाइना फाउण्डेशन प्रोभर्टी एल्भेशनका कन्ट्रि डाइरेक्टर झाउ जिक्वीनले चाइना फाउण्डेशनले शिक्षाका क्षेत्रमा निरन्तर साथ दिने बताए ।

कार्यक्रममा आनन्दकुटि विद्यापिथका प्रधानाध्यापक सुजन बज्राचार्यले सदियौ दिनदेखी चाइना सरकारबाट यस विद्यालयलाई अतुलनीय सहयोग रहदै आएको बताए । सफा सुनौलो नेपालका अध्यक्ष राकेश हमालले यति महत्वपूर्ण कार्यगर्नका लागी साथ र अवसर दिनु भएकोमा विद्यालय परिवार र सहयोगीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा विभिन्न शैक्षिक निकायका व्यक्तित्व, चाइना नागरिक, पूर्व विद्यार्थीहरुको उपस्थित रहेको थियो ।