अबरोधबीच थबाङ पुगेर अनन्तले भने ‘विप्लव आफैले घोषणा गरेको दलालसंग मिले ’

अबरोधबीच थबाङ पुगेर अनन्तले भने ‘विप्लव आफैले घोषणा गरेको दलालसंग मिले ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थबाङ-नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफैले घोषणा गरेको दलाल पुँजीवादी संसदीय व्यवस्था पक्षधरसँग सहकार्य गरेर वाम गठबन्धनविरुद्ध लागेको बताएका छन् ।

 

 

 

 

वाम गठबन्धनबाट रोल्पामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अनन्तले सोमबार थबाङमा आयोजित चुनावी सभालाई संबोधन गर्दै नेकपा आफ्नो राजनीतिक कार्यदिशाप्रति अलमलमा रहेको दावि गरे ।

 

 

 

 

थबाङ महाधिवेशनबाट नेकपाले नेपाली जनताको प्रमुख अन्तरसंघर्ष दलाल पुँजीवादी संसदीय व्यवस्थासँग रहेको घोषणा गरेको र त्यहीं व्यवस्थाको नेतृत्व गर्ने नेपाली कांग्रेसँग मिलेर वाम गठबन्धन विरुद्ध लागेको उनको भनाई छ ।

 

 

 

‘यहीं थबाङमा भएको महाधिवेशनबाट विप्लवजी महासचिव चुनिनुभयो । यहींबाट दलाल पुँजीवादी संसदीय व्यवस्थासँग नेपाली जनताको अन्तरसंघर्ष रहेको घोषणा गर्नुभयो ।

 

 

 

उहाँहरुले जुन व्यवस्थाविरुद्ध संघर्ष घोषणा गर्नुभएको छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्छ’, वरिष्ठ नेता अनन्तले चुनावी सभामा भने, ‘आज कांग्रेससँग मिलेर वाम गठबन्धन विरुद्ध लागिरहनुभएको छ । यो कस्तो राजनीतिक लाईन हो ? यसमा नेकपा आफै अलमलमा छ ।’

 

 

 

 

नेकपाले वाम गठबन्धनका उम्मेदवारहरुलाई बम, गोली प्रहार गरे पनि कांग्रेसका उम्मेदवारहरुलाई कुनै पनि अवरोध प्रयास गरेको छैन ।

 

 

 

केहीं दिन अघि सिंचाई राज्यमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार अमरसिंह पुनले हतियारसहित पक्राउ परेका नेकपाका कार्यकर्तालाई रिहा गर्न माग गरेको थिए । चुनावी सभालाई संबोधन गर्दै अनन्तले ढुक्क भएर मतदान गर्न थबाङ्गीलाई अपील गरे ।

 

 

 

 

स्थानीय तह निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले निर्वाचन बिथोल्न निर्देशन दिए पनि स्थानीय कार्यकर्ता र आम थबाङ्गी जनताले निर्वाचनमा भाग लिएको स्मरण गर्दै उनले भने, ‘थबाङ्गी जनताले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । नेकपाले पनि स्थानीय रुपमा निर्वाचनमा भाग लिएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा यो धेरै अर्थपूर्ण छ ।’

 

 

 

अनन्तले राजनीतिक क्रान्तिमा थबाङले पु¥याएको नेतृत्वदायी योगदान कहिल्यै कसैले भुल्न नसक्ने बताए । उनले थबाङले लामो समय राजनीतिक संघर्षमा बिताएकोले अब थबाङको समृद्धिको लागि लाग्नुपर्ने बताए ।

 

 

‘अब थबाङमात्रै होइन सबैको ध्यान समृद्धितर्फ जानुपर्छ’, उनले भने, ‘हिजो राजनीतिक संघर्ष, क्रान्तिको नेतृत्व पनि नेकपा (माओवादी केन्द्र)लगायत वामपन्थी शक्तिले गरे । अब समृद्धिको मार्गको नेतृत्व पनि वामपन्थी शक्तिले गर्छ ।’

 

 

कार्यक्रममा अनन्तले थबाङलाई दिर्घकालीन रुपमा देशकै नमूना गाउँ बनाउने घोषणा गरे । ‘यहाँ नमूना गाउँ निर्माण कार्यक्रम चलिरहेको छ । यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै एउटा सांस्कृतिक गाउँ, क्रान्तिको प्रतीक, देशकै नमूना गाउँ बनाउन म लाग्नेछु’, उनले भने ।

 

 

अनन्तले समृद्ध रोल्पा र सुखी रोल्पालीका लागि रोल्पालाई समृद्ध, गतिशील र स्मार्ट नमूना जिल्ला बनाउने आफ्नो प्रतिबद्धता जनाए । उनले सहिद मार्गको कालोपत्रे गर्ने, जलजलालाई संरक्षण क्षेत्र बनाउने, थबाङदेखि जलजलासम्म केवलकारको सम्भाव्यता अध्ययन गर्ने, थबाङलाई उत्कृष्ट पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता जनाए ।

 

अनन्त नेकपाको अवरोध प्रयासबीच चुनावी सभालाई संबोधन गर्न र भोट माग्न सोमबार विहान थबाङ पुगेका थिए । उनलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए । नेकपाका कार्यकर्ताहरुले वाम गठबन्धनको चुनावी सभामा सहभागी नहुन धम्की दिए पनि स्थानीय बासिन्दा उत्साहपूर्वक सभा सहभागी भएका थिए ।