प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकमै भ्रष्टाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकमै भ्रष्टाचार


इटहरी–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकममै अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरेको आरोप लागेको छ । मोरङ जिल्लाको बूढीगंगगा गाउंपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले उक्त आरोप लगाएका हुन ।

व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार सांझ पत्रकार सम्मेलन गरी परियोजनाअन्तर्गत किसानको हितमा आएको रकम गाउंपालिकाले दुरुपयोग गरी किसानप्रति उपेक्षित नीति लिएको आरोप लगाए ।

नेपाल च्याउ उद्योगका सञ्चालक सरोज नेपालले किसानको हितका लागि निकासा भएर आएको पैसा खास किसानलाई उपलब्ध नगराइएको र विषयान्तर गरेर रकम दुरुपयोग गरिएको तथ्य समेत फेला परेको बताए । उनले गाउंपालिकाविरुद्ध इटहरीस्थिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लिखित उजुरीसमेत दिने चेतवानी समेत दिएका छन् ।

च्याउखेती किसानका लागि अनुदानका रुपमा आएको १६ लाख २० हजारमध्ये केही रकम च्याउखेती किसानलाई झारा टार्ने हिसाबले उपलब्ध गराएर अधिक रकम अन्यत्र लगाइएको अर्का किसान इन्द्र तिम्सिनाले बताए ।

गाउंपालिकाअन्तर्गत रहेका ४० देखि ५० जना व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले दैनिक ६० हजारको च्याउ उत्पादन गर्दै आएका छन् । उनिहरुले दैनिक ४० हजारसम्मका च्याउको बीउ समेत बिक्री गर्दै आएका छन् । व्यावसायिक च्याउ किसानले सार्वजनिक गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका विषयमा गाउंपालिकाका अध्यक्ष बालचन्द्र माझीसंग बारम्बार मोबाइलमा सम्पर्क गर्दा हुन सकेन ।