काठमाण्डु – अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्धको बर्खास्तीको प्रस्ताव अस्वीकृत भएको छ ।
आज बिहीवार हेटौंडामा बसेको विशेष साधारण सभाले बर्खास्तीको प्रस्ताव अस्वीकृत गरेको छ ।
मतदान हुँदा बर्खास्तीको पक्षमा दुईतिहाइ बहुमत नपुगेपछि प्रस्ताव अस्वीकृत भएको छ । बर्खास्तीको पक्षमा बहुमत नपुगेपछि प्रस्ताव अस्वीकृत भएको एन्फा स्रोतले जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेका थिए । प्रस्तावलाई साधारण सभामा निर्णयार्थ पेश गर्दा अस्वीकृत भएको छ ।
प्रतिक्रिया