काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्ति मगरसहित चार खेलाडीलाई प्रतिबन्ध लगाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्ति मगरसहित चार खेलाडीलाई जरिवानासहित प्रतिबन्ध लगाएको हो ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो रात ठमेलको लाउन्ज बारमा गएपछि तत्काल निलम्बनमा परेका विमलसहित ४ खेलाडीलाई एन्फाले थप कारबाही गरेको छ । एन्फाको अनुशासन समितिले छानबिन गर्दै विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको छ । यस्तै अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध गरेको छ ।
एन्फाको अनुशासन समितिले प्रतिबन्धसँगै चारै खेलाडीलाई ५० हजार जरिवाना समेत गरेको छ । एन्फाले चारै खेलाडीको प्रतिबन्ध आजबाट सुरु भएको जनाएको छ । प्रतिबन्धसँगै चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनैपनि प्रतियोगिता खेल्न नपाउने एन्फाका महासचिब इन्द्रमान तुलाधरले जानकारी दिए ।
एन्फाको प्रतिबन्धसँगै विमल र दिनेशले ए डिभिजन लिग गुमाउने छन् । अन्जन र सन्तोषले भने आधा सिजन खेल्न पाउने छन् । ए डिभिजन लिग शनिबार सुरु हुँदैछ ।
प्रतिक्रिया