एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना

एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचार संहिता समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गरेको छ । समितिको गत बुधबार बसेको बैठकले एन्फाले ‘एएफसी क्लब लाइसेनिङ रेगुलेन’ बिपरित काम गरेको भन्दै ३५ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

एन्फाले मापदण्ड नपुगेका क्लबलाई एएफसी लाइसेन्स दिएको समितिको ठहर छ । गत सिजन मनाङ मर्स्याङ्दी क्लबले लिग च्याम्पियनको हैसियतमा नेपालको तर्फबाट एएफसी कप २०१९ खेलेपछि मनाङलाई एन्फाले मापदण्ड विपरित लाइसेन्स दिएको एएफसीको ठहर छ ।

क्लबले लाइसेन्स पाउन आफ्नै मैदान, एकेडेमी, उमेर समूहको टिम, टिम डाक्टर, मिडिया अफिसर लगायतका मापदण्ड पूरा गर्नु पर्ने नियम छ । एएफसीले एन्फाले गल्ति दोर्होयाएमा थप २५ हजार डलर जरिवाना र २ वर्ष निलम्बन गर्ने समेत चेतावनी दिएको छ ।