एन्फा महिला लिगमा आज दुई खेल हुँदै

एन्फा महिला लिगमा आज दुई खेल हुँदै


काठमाण्डु-एन्फा महिला लिग फुटबलमा शुक्रबार पनि दुईवटा खेल हुँदैछ । दिउँसो सवा १२ बजे हुने पहिलो खेलमा संकटा एफसी र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

अपराह्न सवा ४ बजे नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका छ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यसअघि हिजो सम्पन्न खेलमा वालिङ नगरपालिकाले कर्णाली प्रदेशविरुद्ध ४–० गोलको फराकिलो जित निकालेको थियो । त्यसैगरी कोशी प्रदेशले बागमती युवा क्लबविरुद्ध २–१ को जित हासिल गरेको थियो ।