आङ सान सुकीलाई चार वर्षको जेल सजाय

आङ सान सुकीलाई चार वर्षको जेल सजाय


एजेन्सी – म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । उनीविरुद्ध चलिरहेका कैयौँ मुद्दामा उनले पाएको यो पहिलो सजाय हो ।

उनलाई प्राकृतिक प्रकोप ऐन अन्तर्गत मानिसहरूलाई उक्साउने र कोभिड नियम तोडेको आरोप लगाइएको छ । सुकीविरुद्ध ११ वटा आरोप थिए र उनले ती सबैलाई अस्वीकार गरेकी थिइन् ।

७६ वर्षीया सू की सेनाले कू गर्नुअघि म्यान्मारकी स्टेट काउन्सेलर तथा वस्तुगत नेत्री थिइन् । गत वर्ष भएको आम निर्वाचनमा धाँधलीको आरोपमा सेनाले सत्ता नियन्त्रणमा लिएको थियो ।