काठमाण्डु-चितवनको सिमलतालमा खसेको एन्जल डिलक्स बसमा यात्रा गर्ने २४ जना यात्रुको नाम खुलेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् ।
एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा बसका साहु, चालक र सहचालक पनि परेका छन् । यस्तै सात जना भारतीय नागरिक पनि रहेको जनाइएको छ ।
एन्जल डिलक्समा २४ जना यात्रु सवार थिए । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।
एन्जलमा सवार यात्रुहरूको सूची
१ . अन्सारी जी समेत २ जना (भारत घर)
२. सन्तोष ठाकुर, भारत
३. सुरेन्द्र शाह, भारत
४. आदित मिया, भारत
५. सुनिल शाह, भारत
६. साहनबाज आलम, भारत
७. प्रकाश पटेलसमेत दुई जना (वीरगन्ज–१४ पिपरा)
८. अरबिन्द्र्र दुवे, ठेगाना नखुलेको ।
९. हरिन्द्र्र पण्डित, ठेगाना नखुलेको ।
१०. सुजित जीसहित दुई जना (रामनगरी पर्सा)
११. परमानन्द जी, बारा मुसहर्वा
१२. हृदयनारायण राउत समेत ३ जना (पर्सा रंगपुर)
१३. सालिम मिया सहित दुई जना (रघुनाथपुर)
१४. रैजुल आलम समेत दुई जना (पर्सा कटिया)
१५. जवाहिर महतो, वीरगन्ज (बस चालक)
१६. राजेन्द्र केसी, डिलक्स साहु ।
१७. चौधरी थरका सह–चालक ।
प्रतिक्रिया