नेपालमा के गर्दैछन् भारतीय गुप्तर निकाय ‘रअ’का प्रमुख?

नेपालमा के गर्दैछन् भारतीय गुप्तर निकाय ‘रअ’का प्रमुख?


काठमाडौं– नेपालमा एमाले, माओवादी केन्द्रबीच पार्टी एकताको कोर्ष अगाडि बढिरहेका बेला भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख अनिल धसमाना नेपाल आएको खुलेको छ।

 

 

एक साताअघि नेपाल आएका धसमानाले राष्ट्रिय मान्यता पाएका पाँच दलका शीर्ष नेताहरुसँग गोप्य भेटघाट गरेका छन्।

 

 

गत पुस ५ गते भारतीय राजदूत मञ्जिव पुरी नयाँदिल्ली हिँडेकै दिन उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन्। रअका प्रमुखले देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा तीन पटक भेट गरे।

 

त्यसलगत्तै रअका प्रमुखले पुस ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा भेट गरे।

 

 

ओलीपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेर प्रधानमन्त्रीको अफर गरेका छन्। तर, प्रचण्डले भने उक्त प्रस्ताव अस्वीकार गरेका छन्।

 

रअका प्रमुखले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेट गरेका छन्।

 

 

रअ प्रमुखले एमाले, माओवादी केन्द्रको पार्टी एकता कसरी रोक्न सकिन्छ भनेर छलफल समेत गरेका छन्। एमाले, माओवादीको एकता भाँड्नको लागि उनले प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेका थिए।

 

यसअघि कांग्रेसले पनि प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेका थिए।