काठमाण्डु– सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकिय सचिव अनिल पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हाे ।
मोरङको रंगेलीका अनिलले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।
ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई शुक्रबार जिम्मेवारीबाट हटाएका थिए ।
प्रतिक्रिया