आइसियूबाट साधरण वार्डमा सरे डा. केसी

आइसियूबाट साधरण वार्डमा सरे डा. केसी


काठमाडौं – अनसनरत प्रा.डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित सघन उपचार कक्ष (आइसीयू) बाट साधरण वार्डमा सारिएको छ ।

केसी आफैले आइसियूबाट वार्डमा सार्न चिकित्सकहरुलाई अनुरोध गरे पछि सार्ने तयारी गरिएको छ । आफू लामो समय आइसियूमा बस्दा आईसियूमा उपचार गर्नुपर्ने सार्वसाधरणलाई समस्या नहोस् भन्दै आईसियूबाट वार्डमा सार्न आग्रह गरेपछि सारिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

डाक्टर केसी विगत १२ दिनदेखि अनसन बस्दै आइरहेका छन् । उनले १५ औँ अनसनमा सरकारले ०७५ साउन १० गते गरेको सम्झौता ५ महिनासम्म पनि कार्यान्वनको छाँटकाँट नदेखाएको भन्दै १६ औँ अनसन थालेका थिए । अनसन बसेको ३ दिनदेखिनै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो । अनसन बसेको १० दिनमा उपचारको लागि काठमाडौँ ल्याइएको थियो ।