आङ सान सुकी स्वदेश फिर्ता

आङ सान सुकी स्वदेश फिर्ता


काठमाडौं – एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्माका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्किएकी छन् । नेत्री सूकीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सुकी यही मङ्सिर १३ गते काठमाडौँ आएकी थिइन् । शनिबारदेखि शुरु भएको सम्मेलन आइतबार आज सम्पन्न हुँदैछ ।