म्यानमारकी विदेशमन्त्री आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा

म्यानमारकी विदेशमन्त्री आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा


काठमाडौं – एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणाणमा दुवै नेपाल आएका हुन्।

प्रधानमन्त्री सेन र विदेशमन्त्री सुकीलाई नेपालका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए। हुन सेन र सुकीलाई नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो। एशिया प्रशान्त शिखर सम्मेलनमा बिहीबारदेखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ।