अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेको आरोपमा जेलमा रहेका असान्ज जमानतमा रिहा

अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेको आरोपमा जेलमा रहेका असान्ज जमानतमा रिहा


काठमाण्डु – अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेको आरोपमा जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्ज जमानतमा रिहा भएका छन् ।

विकिलिक्सले मंगलबार बिहान जुलियन असान्ज बेलायतको जेलबाट जेलमुक्त भएको र आफ्नो देश प्रस्थान गरेको जनाएको छ ।

अमेरिकाका गोप्य दस्तावेज लिक गरेको आरोपमा आफू दोषी भएको स्वीकार गरेपछि असान्ज सोमबार राति रिहा भएका हुन् । उनले गल्ती स्वीकार्ने र अमेरिकाको जेलमा बस्न नपर्ने सहमति अमेरिकी न्याय विभागसँग उनले गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

असान्जले सन् २०१० मा विकिलिक्स अनलाइनमा अमेरिकी सेनाका गोप्य दस्ताबेजहरु सार्वजनिक गरेर विश्वभर सनसनी मचाएका थिए । राष्ट्रिय सुरक्षा दस्ताबेज प्रकाशित गरेपछि जासुसी गरेको लगायतका १८ मामिलामा उनलाई अमेरिकी संघीय ग्राण्ड जुरीले दोषी ठहर गरेको गरेको थियो ।

सन् २०१९ मा लण्डनको उच्च सुरक्षायुक्त बेलमार्शको हिरासतमा राखिएको थियो ।