काठमडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत चौथो दिनको कराँते खेलाडी अनुपमाले मगरले नेपाललाई स्वर्ण पदक दिलाएकी छन् ।
बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण जितेकी हुन् । यससँगै नेपालको स्वर्ण २४ पुगेको छ भने करातेमा नेपालको यो दसौं स्वर्ण हो ।
प्रतिक्रिया