काठमाडौं – ‘मिस वर्ल्ड २०१९’ दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मिस नेपाल अनुष्का श्रेष्ठले जितेकी छन् ।
बेलायतको लण्डनमा भइरहेको मिस वर्ल्ड अन्तर्गत दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ जितेसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् । पहिलो चरणको ‘हेड टु हेड’ च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
अनुष्काले ‘हेड टु हेड’ च्यालेन्ज जिते पनि मल्टी मिडिया अवार्ड जित्नको लागि अझै धेरैभन्दा धेरै भोटको आवश्यकता पर्ने भएकाले सहयोगका लागि आग्रह गरेकी छिन् । ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जितेपछि सामाजिक सञ्जालमा अनुष्काले माया गर्ने र सपोर्ट गर्ने सबैलाई धन्यबाद भनेकी छन् ।
प्रतिक्रिया