काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोप पुष्टि भए आफू झुण्डिएर मर्न तयार रहेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा सोमबार भएको छलफलमा बोल्ने क्रममा श्रेष्ठले आरोप प्रमाणित भए आफू झण्डिन तयार भएको दाबी गरे ।
‘सभामुख महोदय, केही हप्ताअगाडि यहाँ सांसद अपहरणको कुरा आएर म लगायत महेश बस्नेतको चरित्रहत्या गर्ने काम जुन भयो, म सम्पूर्ण माननीयजयुहरुलाई साक्षी राखेर भन्न चाहन्छु, अपहरणको आरोप लगाउनेलाई चुनौती दिन चाहन्छु, यदि प्रमाणित भयो भने सबै माननीयको अगाडि झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरू (बाबुराम, सुरेन्द्र) झुुण्डिन तयार छन् ?’
उनले सरकारले भारतसँगको सिमा विवादको समस्या समाधान गर्नु ऐतिहासिक कार्य रहेको बताएका छन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले गरिबी घटाउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया