डिआइजीमा बढुवा सशस्त्र प्रहरीका ६ जनालाई दर्ज्यानी चिह्न, अाइजीपीकाे यस्ताे निर्देशन

डिआइजीमा बढुवा सशस्त्र प्रहरीका ६ जनालाई दर्ज्यानी चिह्न, अाइजीपीकाे यस्ताे निर्देशन


काठमाडौं–  सरकारले सशस्त्र प्रहरी बलका ६ जना एसएसपीलाई डीआइजीमा बढुवा गरेको छ।

सरकारले एसएसपीहरु प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्रीलाई डिआइजीमा बढुवा गरेको हो। यसअघि बढुवा समितिले ६ कात्तिकमा उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको थियो।

बढुवा भएकाहरुलाई सशस्त्रका आइजिपी शैलेन्द्र खनालले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा  आयोजित   समारोहमा  दज्र्यानी चिह्न प्रदान गरे।

 खनालले सो अवसरमा  पदोन्नतीसँगै बढेको पदीय जिम्मेवारीलाई अझै बढी उत्तरदायी र पूर्ण व्यावसायीकताका साथ निर्वाह गर्न निर्देशन समेत दिए।

सामूहिक भावनाका साथ सबै एकजुट भई राष्ट्र र संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्नेतर्फ लाग्नुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले दिर्घकालिन रुपमा संगठनका लक्ष्यहरु हासिल गर्न लामो अनुभव हासिल गर्नुभएका बरिष्ठ अधिकृतहरुको पेशागत दक्षता र जिम्मेवारी बहन गर्न सक्ने क्षमता लगायत ज्ञान, सिप र अनुभवको महत्वपूर्ण भूमिका रहने बताए।

 उनले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले हरपल ईमान्दार, लगनशील र कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्धार कार्यमा कृयाशिल रहन निर्देशन समेत दिए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले भ्रष्टाचार एवं लैंगिक हिंसामा शून्य सहनशीलताको नीति लिएको चर्चा गर्नुहुँदै मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा कटिवद्ध रहँदै दायित्व निर्वाहमा समर्पित रहन निर्देशन दिए।