काठमाडौं – सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ (गागा) स्थित महाकाली नदी किनारमा गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरीको टोलीले बिहीबारबाट गस्ती सुरु गरेको हो ।
बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले यहाँ बिहीबारदेखि गस्ती थालेको छ ।
त्यस्तै महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग भारतीय एसएसबीका प्रतिनिधिले कुराकानी गरेका छन् ।
तस्वीरः नारायण ढुङ्गाना/रासस
प्रतिक्रिया