शान्ति मिसनमा सशस्त्र प्रहरीको एफपीयु थप्न राष्ट्रसंघमा पहल

शान्ति मिसनमा सशस्त्र प्रहरीको एफपीयु थप्न राष्ट्रसंघमा पहल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सशस्त्र प्रहरी बलको तर्फबाट संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नयाँ एफपीयु मिसन थप गर्न पहल सुरु भएको छ।

युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ पिस किपिङ अपरेशनका उच्च अधिकारीहरुबीच एफपीयु थप्नेबारे छलफल भएको हो।

राष्ट्रसंघले शान्ति स्थापना कार्यमा सशस्त्र प्रहरी बल नेपालले अझै बढी योगदान पुर्याउन आग्रह गरेको छ। युएनको नीति अनुसार एफपीयु मिसनमा महिला प्लाटुन समेत बढाउन आग्रह गरेको छ।

सशस्त्र प्रहरी बलका अनुसार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा भएको सो छलफलमा संयुक्त राष्ट्रसंघका उच्चअधिकारीहरुले शान्ति मिसनमा सशस्त्र प्रहरी कर्मचारीले पु¥याएको योगदानको प्रशंसा गरेको छ।

छलफलमा इन्डिभिजुअल पुलिस अफिसरको रुपमा विभिन्न शान्ति मिसनमा खटिने सशस्त्र प्रहरी कर्मचारीको संख्या बृद्धि गर्ने सम्बन्धमा समेत छलफल भएको छ।