चोरीपैठारीको सामानसहित २ वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

चोरीपैठारीको सामानसहित २ वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देहीका विभिन्न ठाउँबाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुटवलले बिहीबार करीब १४ लाख ४ हजार ७६५ रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित २ वटा गाडी नियन्त्रणमा लिएको छ ।

जिल्लाको बुटवल उपमहानगरपालिका–६ ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गबाट करीब ७ लाख ६४ हजार ५३५ रुपैयाँ बराबरको चिउरा तथा लत्ताकपडा बरामद गरेको छ ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु१ज ३७९६ नम्बरको बोलेरो पिकअप गाडीमा राखी लैजाँदै गरेको ६१ बोरा चिउरा र लत्ताकपडासहित गाडी नियन्त्रणमा लिइएको सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

यसैगरी, बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित पूर्वपश्चिम लोकमार्गबाट करीब ६ लाख ४० हजार २३० रुपैयाँ बराबरको सामानसहित गाडी नियन्त्रणमा लिइएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१च ५६२० नम्बरको गाडीमा राखी ल्याउँदै गरेको लत्ताकपडा तथा जुत्ताचप्पलसहित प्रहरीले गाडी नियन्त्रणमा लिएको छ ।

बरामद सामान तथा २ वटै गाडी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । बरामद सामानको मूल्य १४ लाख ४ हजार ७६५ रुपैयाँ र २ वटै गाडीको मूल्य २२ लाख गरी जम्मा भन्सार दाखिला मूल्य ३६ लाख ४ हजार ७६५ रुपैयाँ कायम गरी भन्सार कार्यालयमा बुझाइएको छ ।