सशस्त्रको भावी आईजीपी बनाउन सक्ने बढुवा ! को बन्लान् एआईजी ?

सशस्त्रको भावी आईजीपी बनाउन सक्ने बढुवा ! को बन्लान् एआईजी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल (एपीएफ) नेपालमा रिक्त भएको १ अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा हुने व्यक्ति भावी सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने बाटो खुल्नेछ, जसले गर्दा यसपालिको बढुवामा प्रतिस्पर्धीबीच तीव्र दौडधुप देखिएको छ ।

एआईजी चन्द्रप्रकाश गौतमको अवकाशसँगै सशस्त्रमा १ जना एआईजी पद रिक्त छ । उनी वैशाख २ गते अनिवार्य अवकाशमा गएका छन् । उनको अवकाशलगत्तै पदपूर्ति हुनुपर्नेमा गृह मन्त्रालयले प्रतिस्पर्धीबीच दौडधुपको मौका खुला राख्दै बढुवामा ढिलाइ गरिरहेको छ ।

एआईजी बढुवामा डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी मुख्य प्रतिस्पर्धी देखिएका छन् । वरिष्ठताका आधारमा डीआईजी कमल गिरी र गणेश ठाडा मगरबीच मुख्य प्रतिस्पर्धा हुनेछ । डीआईजी बढुवा हुँदा गिरी पहिलो नम्बर र ठाडा मगर दोस्रो नम्बरमा थिए ।

चारै डीआईजीको पदावधि पूरा भएपछि सरकारले गत पुस २२ गते पदावधि १ वर्ष थपेको थियो, जसले गर्दा चारै जना कम्तीमा आगामी पुस २३ गतेसम्म डीआईजी पदमा बहाल रहनेछन् । तर एआईजी बढुवा हुने व्यक्ति आईजीपीसम्म पुग्ने ढोका खुल्ने भएकाले यसपालिको बढुवालाई महत्त्वका साथ हेरिएको छ । बढुवामा नपर्ने ३ डीआईजीले आगामी पुस २३ गते अनिवार्य अवकाशसहित संगठनबाट बिदा हुनुपर्नेछ ।

सशस्त्र प्रहरी नियमावलीको नियम ६५ उपनियम (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । जसले गर्दा अहिले एआईजी बढुवा हुने व्यक्ति ४ वर्षभित्रै आईजीपी भइसक्नेछन् ।

सशस्त्रका आईजीपी राजु अर्याल २०८३ वैशाख महिनामा ४ वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जानेछन् । बहालवाला आईजीपी अर्यालको अवकाशपछि एआईजीद्वय नारायणदत्त पौडेल वा वंशी दाहालमध्ये १ जना आईजीपी बन्नेछन् । त्यसपछि आईजीपी बन्ने पालो आउनेछ अहिले बढुवा हुने एआईजीको ।