काठमाडौं- संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ ‘युनाईटेड नेशन्स मिसन इन साउथ’ सुडानमा कार्य गर्न सशस्त्र प्रहरी बलको एक टोली प्रस्थान गरेको छ । टोलीले बोरमा फम्र्ड पुलिस युनिटको रुपमा कार्य गर्नेछ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच टोलीलाई शुभकामना सहित विदाई गरेका थिए ।
साथै विगतको एपीएफ टोलीले उत्कृष्ट कार्य सम्पादन गरेको स्मरण गर्दै देश र संगठनको नाम उच्च हुने ढंगले उच्च हौसलाका साथ कार्य गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक शान्ति कार्कीको कमाण्डमा गएकोे टोलीमा सशस्त्र प्रहरी अधिकृत विल्लादार र जवान गरी कुल ४० जना रहेका छन् ।
३एपीएफ ३सशस्त्र प्रहरी
तपाईको प्रतिक्रिया
प्रतिक्रिया