काठमाडाैं–सशस्त्र प्रहरी बल नेपालले ६ ईञ्जिनियर र ७ जना डाक्टरका लागि बुधबार सूचना जारी गरेको छ।
मानव स्रोत विकास विभाग तालिम निर्देशनालय भर्ना तथा छनौट शाखाले जारी गरेको सूचनामा आर्केटिक एक जना, सिभिल २ जना, कम्प्युटर १, इलेक्ट्रिक १ र मेकानिकल १ गरि ६ जना ईञ्जिनियर मागेको हो ।
त्यसैगरी ७ जना चिकित्सक मागेको छ। ईञ्जिनियर र चिकित्सक सबै ईन्सपेक्टर तहमा आवेदन माग गरेको हो । आवेदन दिने समय साउन ३० गतेदेखि भदौ २८ गतेसम्म र स्थान वल मुख्यालय हलचोक तोकेको छ।
प्रतिक्रिया