सशस्त्रमा एआईजी संख्या कटौती हुने, भावी नेतृत्वका दाबेदार श्रेष्ठ डिआईजीबाटै घर जाने निश्चित

सशस्त्रमा एआईजी संख्या कटौती हुने, भावी नेतृत्वका दाबेदार श्रेष्ठ डिआईजीबाटै घर जाने निश्चित


काठमाडौं— सशस्त्र प्रहरीमा एआईजीको संख्या कटौती भएको छ । गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्र दुवै संगठनमा विशिष्ट श्रेणीको दरबन्दी कटौती गर्न सिफारीस गरेको हो । यसअघी सशस्त्र प्रहरीमा फाजिलसहित ८ जना एआईजीको दरबन्दी रहेको थियो । एआईजीको संख्या कटौती भएसंगै सशस्त्रमा अव दुई वटा मात्र विभाग रहनेछन् ।

जसमा मानवस्रोत विभागअन्र्तगत प्रशासन, कर्मचारी प्रशासन शाखा र तालिम रहनेछ भने कार्यविभागअन्र्तगत सिमा र अपरेशन विभाग रहनेछ । यसअघि सिमा,अपरेशन र प्रशासनमा एआईजीको दरबन्दी रहेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सशस्त्रमा एआईजीको संख्या घटाउने पक्षमा थिए । उनले आईजिपीको पछी रहने एआईजीको लावा लस्कर घटाउनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिंदै आएको सशस्त्रका एक एआईजीले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला सशस्त्रमा एआईजीको सख्या बढाइएको थियो । हाल सशस्त्रमा फाजिलका ५ जना एआईजीहरु जिम्मेवारीविहिन भएका छन् । उनिहरुको दरबन्दी खारेज गर्नेमा महानिरीक्षक खनाल भएपनि उनको उक्त प्रयास भने विफल भएको छ ।

सशस्त्रमा एआईजीहरु सुवोध अधिकारी,जानकारी भट्टराई ,निराकारमविक्रम शाह,खडानन्द चौधरी र राजेश श्रेष्ठले अहिलेसम्म कुनै जिम्मेवारी पाएका छैनन् । फाजिलमा बढुवा भएका पांचै जना एआईजीको पदस्थापन नगरेको भन्दै आईजिपी खनालको आलोचना हुंदै आएको छ ।

सुरज श्रेष्ठ डिआईजीबाटै अवकास पाउने
हाल सशस्त्रको डिआईजी रहेका सुरज श्रेष्ठको एआईजी बन्ने बाटो बन्द भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको सचिवालयमा कार्यरत डिआईजी श्रेष्ठ एआईजीको दकरबन्दी घटेसंगै डिआईजीबाट अवकास पाउने निश्चित भएको हो । श्रेष्ठले यसअघि एआईजीको बढुवामा आवेदन नै नदिएपछि वरियतामा उनिभन्दा पछि रहेका डिआईजी राजेश श्रेष्ठ एआईजी बन्न सफल भएका थिए ।

वरियतामा एक नम्बरमा रहेका डिआईजी श्रेष्ठ खनाललाई महानिरीक्षक बनाउन सबैभन्दा बढी लविङमा लागेका थिए । उनकै सल्लाहमा श्रेष्ठले बढुवाको लागी आवेदन दिएका थिएनन् । आईजिपी खनालले श्रेष्ठलाई फाजिलको दरबन्दी खारेज गरेर एआईजी बनाउने आश्वासन दिएपनि शसस्त्रमा एआईजीको दरबन्दी कटौती भएसंगै उनको एआईजी बन्ने बाटो बन्द भएको छ ।

सशस्त्रमा हाल फाजिलमा रहेका एआईजीहरुको बढुवा भएको चार महिना भइसकेको छ । एआईजीको हाल रहेको ४ वर्षे पदावधिअनुसार उनिहरु अवको ३ वर्ष ८ महिनामा अनिवार्य अवकासमा जानेछन् । यदि एआईजीको पदावधी दुई बर्ष कायम हुंदा समेत उनिहरु अझै २० महिना एआईजीकै रुपमा सेवामा कार्यरत रहनेछन् ।

हाल डिआईजी रहेका श्रेष्ठ भने डिआईजीको चार वर्षे पदावधीको कारण अवको १७ महिनापछि अवकास पाउनेछन् । श्रेष्ठ मात्र होईनन् एआईजीको संख्या घटेसंगै हालका सशस्त्र प्रहरी प्रवक्ता रहेका डिआईजी बावुराम पाण्डे समेत डिआईजीबाट अवकास पाउनेछन् ।

श्रेष्ठ र पाण्डे दुवै जना व्यवसायीक अधिकृतहरु मानिन्छन् । श्रेष्ठलाई संगठनभित्र गुटबन्दीमा संलग्न रहेको आरोप लागेको छ । श्रेष्ठले खनालपछि आफु आईजिपीको लाइनमा रहेको भन्दै आफुलाई संगठनको भावी नेतृत्वका रुपमा समेत चिनाउदै आएका थिए ।

उनिहरु दुवै जनाले डिआईजीबाट अवकास पाए यसको प्रत्यक्ष फाइदा हाल एसएसपी रहेका राजु अर्याल,चन्द्रप्रकाश गौतम र नारायणदत्त पौडेलहरुलाई हुनेछ । खनालपछि आईजिपी बन्ने लाइनमा अर्याल र गौतम हुनेछन् । पौडेलले एसएसपीमा कार्वाही भोगेकाले उनि संगठन प्रमुख बन्ने सम्भावना भने कम छ ।

यो पनि पढ्नुहोस-

गृहमन्त्रीले गरे अर्को लोकप्रिय निर्णय : प्रहरी र सशस्त्रमा एआईजीको दरबन्दी कटौती