काठमाडौं– सशस्त्र प्रहरीमा १० महिनादेखी पांच जना डिआईजीको पद रिक्त हुंदा समेत बढुवाको लागी नेतृत्वले कुनै चांसो नदिएको खुलासा भएको छ । नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका कारण लामो समयदेखी रोकिएको एआईजी बढुवा मंगलवार अघि बढेपनि सशस्त्रमा भने डिआईजीको बढुवा अघि बढेको छैन् । सशस्त्र प्रहरी बलमा गत कार्तीकमा डिआईजीको पद रिक्त भएको थियो । त्यसयता पांच जना डिआईजीले अवकास पाइसकेपनि नेतृत्वले त्यसमा बढुवाका लागी कुनै चांसो नदिएको आरोप सशस्त्रका अधिकारीहरुले लगाएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बढुवा प्रक्रिया अघि बढाईदिन आकांक्षीहरुले पटक–पटक आग्रह गरेपनि उनले त्यसमा चांसो नदेखाएको बताइएको छ । उनिहरुले आफु निकटका अधिकारीलाई बढुवामा अघि ल्याउन नेतृत्वले प्रक्रिया नै अवरुद्ध गरेको आरोप समेत लगाएका छन् । सशस्त्रमा डिआईजी बढुवाका लागी बढुवाका लागी प्रजा भक्त, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, गोविन्द क्षेत्री, चन्द्रप्रकाश गौतम रहेका छन् । त्यसैगरी अर्को व्यांचबाट वंशीधर दाहाल,हरिचन्द्र बुढाथोकी,हरिशचन्द्र अधिकारी र किशोर प्रधानलगायत छन् । डिआईजी बढुवाको लागी वरियता र कार्यसम्पादन मुल्यांकनलाई आधार मानिने भएकाले आईजिपी खनालले आफु निकट एसएसपीलाई बढुवा गर्न बढुवा रोकेको स्रोतको दाबी छ ।
सशस्त्रमा हाल रहेका एसएसपीहरुमध्ये वरियतामा एक नम्बरमा भक्त,दुई नम्बरमा,तिन नम्बरमा अर्याल,चार नम्बरमा पौडेल,पांच नम्बरमा क्षेत्री र ६ नम्बरमा गौतम रहेका छन् । त्यसैगरी अर्को व्यांचबाट एसएसपीहरु दाहाल, बुढाथोकी, अधिकारी र प्रधान समेत बढुवाका लागी लविङमा छन् ।
आईजिपी खनालले आफु निकट एसएसपी नारायणदत्त पौडेललाई एक नम्बरमा ल्याउन बढुवा प्रक्रिया रोकेको आरोप छ । बढुवाको प्रतिस्पर्धामा रहेका एसएसपीहरुले यसबारेमा गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेर जानकारी गराएपनि प्रक्रिया भने अघि बढ्न सकेको छैन् ।
खनालले नसियद र कार्वाही भोगेका पौडेललाई एक नम्बरमा ल्याउनकै लागी तक्मा समेत सिफारीस गरिसकेका छन् ।
जवकी गृहमन्त्रालयले तक्माको लागी बनाएको मापदण्डमा समेत कार्वाही परेकालाई तक्मा नदिने उल्लेख छ । तर,खनालले उनै एसएसपी पौडेललाई बढुवामा सजिलो बनाउनको लागी तक्मा सिफारीस गरेका मात्र छैनन् बढुवा समेत रोकेर राखेका छन् । उनी असोजसम्म नयां कार्यसम्पादन मुल्यांकनको प्रक्रिया सबै पुरा हुने र त्यसपछि मात्र प्रक्रिया अघि बढाउने तयारी गरेको बुझिएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी बावुराम पाण्डेले कार्यसम्पादन मुल्यांकनको प्रक्रिया सुरु भएको भन्दै छिट्टै बढुवा प्रक्रिया सुरु हुने बताए । सरकार र सशस्त्र प्रहरी बलको पद रिक्त हुने वित्तिकै बढुवा प्रक्रिया सुरु गर्ने निती रहेको डिआईजी पाण्डेले दावी गरे । उनले भने ‘हामी असोजसम्म सबै प्रक्रिया सुरु गर्छौ,त्यसपछि बढुवा प्रक्रिया सुरु हुन्छ ।’ उनले बढुवा नियतवस् नरोकिएको दाबी समेत गरे ।
प्रतिक्रिया