काठमाण्डु – सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै ललितपुर मेयर वुमेन्स च्याम्पियन्सिपको उपाधि जितेको छ ।
शनिबार आज भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले एपिएफलाई १०७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको एपिएफले १८.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
एपिएफको लागि ज्योति पाण्डवले ३६, कप्तान सीता रानामगरल २७, इन्दु बर्मा १९ र ममता चौधरीले १५ रन जोडे ।प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्ने क्यानले बताएको छ ।
प्रतिक्रिया