काठमाडौं– सशस्त्र प्रहरीमा पांच जना एसएसपीहरु डिआईजीमा बढुवा सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सशस्त्रका एसएपीहरु प्रजा भक्त, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, सिपी गौतम र गोविन्द क्षेत्रीलाई डिआईजीमा बढुवा सिफारीस गरेको हो ।
गृहसचिव प्रेम राईको अध्यक्षतामा बसेको बढुवा समितीको बैठकले वरियताक्रमअनुसार नै बढुवा गरेको छ । बढुवा समितिमा आईजिपी शैलेन्द्र खनाल सदस्य छन् भने सदस्यसचिव एआईजी नारायणबावु थापा रहेका थिए ।
बढुवामा अघिल्लो व्याचबाट एसएसपीहरु भक्त र श्रेष्ठ क्रमस एक र दुई नम्बरमा नयां व्याचबाट एसएपी अर्याल एक नम्बरमा बढुवा सिफारीस भएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले नयां व्याचबाट पौडेललाई एक नम्बरमा ल्याउन जोडबल गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको हस्तक्षेपपछि उक्त निर्णय गर्नबाट गृह नेतृत्व पछि हटेको हो ।
गृहमन्त्री रामबहादुर थापाले समेत बढुवा पक्रिया विधिसम्मत ढंगले अघि बढाउन निर्देशन दिएको स्रोतको दाबी छ । तर, उनका सल्लाहकारले भने बढुवामा चलखेल गर्न खोजेको बताइन्छ ।
प्रतिक्रिया