८८ केजी सुन तस्करीमा सशस्त्र प्रहरीको संलग्नताको आशंका

८८ केजी सुन तस्करीमा सशस्त्र प्रहरीको संलग्नताको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अबैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाकामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीको सहयोगी भूमिका रहेको देखिएको छ ।

 

 

उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राइभर खोजीदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए ।

 

 

 

 

प्रहरीले सुन बरामद भएलगत्तै तस्करीको सुन ओसार्न प्रयोग गरीएको गाडी चलाएका मनोज अधिकारीसहितका तीन चालक पक्राउ गरेको थियो ।

 

 

 

तिनै चालकहरुले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा शसस्त्र प्रहरीको शंस्कास्पद भूमिकामाथि छानविन सुरु गरेको थियो । प्रहरीका अनुसार सुन ओसार्न १५ भदौमै गाडी रसुवाको केरुङ नाका हुंदै चीन पसेको थियो ।

 

त्यसैले काठमाडौं प्रहरी परिसरले अनुसन्धानका क्रममा उक्त दिन ड्युटीमा खटिएका सशस्त्र प्रहरीको नामावली माग्दै पत्राचार गरेको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।