सशस्त्र प्रहरीको अस्पतालमा भद्रगोल, छापामार शैलीमा एपिएफ अस्पतालका प्रमुख फेरिए

सशस्त्र प्रहरीको अस्पतालमा भद्रगोल, छापामार शैलीमा एपिएफ अस्पतालका प्रमुख फेरिए


काठमाडौं–सशस्त्र प्रहरीको एपिएफ अस्पताल बलम्वुमा भ्रदगोल भएको छ । सशस्त्र प्रहरीको मुख्यालय हलचोकले अस्पतालको प्रशासन सुधार गर्ने भन्दै इन्फेन्ट्री पृष्ठभूमीका एसएसपी हरिशचन्द्र अधिकारीलाई पठाएपछि अस्पतालका कर्मचारीहरुले असन्तुष्टी जनाएका छन् ।

मुख्यालयले एसएसपी अधिकारीलाई प्राविधिक एसएसपीको दरबन्दी रहेको अस्पतालमा १२ जेठमा काजमा खटाएको खुलासा भएको छ । पत्रमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको हस्ताक्षर छ । अधिकारीभन्दा पहिले अस्पतालको प्रमुखका रुपमा प्राविधिक पृष्ठभूमीका चिकित्सक एसपी रुपम महर्जन कार्यरत थिए ।

अस्पतालको चिकित्सकहरुले अस्पतालको प्रमुखका रुपमा दरबन्दीअनुसार नै प्राविधिक डाक्टर हुनुपर्ने माग गरेका छन् । उनीहरुले आफूहरुको मागलाई बेवास्ता गरे सामूहिक राजीनामा दिने चेतावनी समेत नेतृत्वलाई दिइसकेका छन् ।

जबकी सशस्त्रको अस्पतालमा इन्फेन्ट्रीको लागि एसपीको दरबन्दी छुट्टै छ । प्राविधिक एसएसपीको दरबन्दी स्वीकृत भएको एक बर्ष हुनै लाग्दा समेत बढुवाको लागि अहिलेसम्म कुनै पहल भएको छैन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एसएसपी अधिकारीलाई आफू निकट एआईजी नारायणबावु थापाको सल्लाहमा अस्पतालको प्रमुख बनाएर पठाएका हुन् ।

अस्पतालको प्रमुख भएर गए लगत्तै एसएसपी अधिकारीले सबै कर्मचारीलाई राखेर व्रिफिङ लिएका थिए । उनले काम नगर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्नेसम्मको चेतावनी दिएको अस्पताल स्रोतले जानकारी दियो । एसएसपी अधिकारीले डाक्टरहरुलाई रुखो बोलेको, अनावश्यक काममा दबाव दिएको आरोप लगाएका छन् ।

‘सेवा सुविधा केही नहुने, बर्षौदेखि बढुवा पनि नहुने अनि धम्की दिएर मात्र कहा  हुन्छ, नेतृत्वले एक जना उच्चअधिकृत हाकिम बनाएर समस्या समाधान हु“दैन, समग्र अस्पतालको सुधारमा ध्यान दिनु¥यो,’सशस्त्रका एक डाक्टरले भने ।

सशस्त्र प्रहरीका एक उच्चअधिकारीकाअनुसार अस्पतालको प्रमुख रहेका एसपी डा.रुपक महर्जन स्टाफ कलेजमा तालिम गरिरहेको बेला उनको ठाउमा अधिकारीलाई प्रमुख बनाइएको हो । महर्जनको सरुवाप्रति पनि अस्पतालका डाक्टरहरुले असन्तुष्टी जनाएका छन् । उनीहरुले नेतृत्वले अस्पतालका कर्मचारीको समस्या समाधान गर्न कुनै ध्याननदिएको आरोप लगाएका छन् ।

‘अस्पतालमा सिपाही चलाएजस्तो सजिलो छैन्, यहा डाक्टरहरु चलाउनुपर्ने हुन्छ, यहा इन्फ्रेन्टीबाट प्रमुख आउनुभएको छ, तर तालिममा रहेका बेला हाम्रो प्रमुखलाई हटाएर राम्रो नजिर बसेन्,’ अस्पतालका एक डाक्टरले काठमाडौंपाटीसंग भने ।

सशस्त्रको अस्पतालमा हालएक जना एसएसपीको दरबन्दी भएपनि त्यसमा विगत दुई वर्षदेखि कसैको पनि बढुवा गरिएको छैन् । सशस्त्रको अस्पतालमा यसअघि प्रमुख रहेका डा.रुपक महर्जन र डा. दिप्ता लामा एसपीको रुपमा कार्यरत छन् । उनिहरुमध्ये एक जनालाई प्रमुख बनाउनुपर्ने भएपनि नेतृत्वको स्वार्थका कारण बढुवा हुन नसकेको अस्पतालका कर्मचारी बताउछन् ।

सशस्त्र प्रहरी प्रवक्ता डिआईजी बावुराम पाण्डेले अस्पतालको सुधारका लागि काजमा इन्फेन्ट्रिबाट एसएपी खटाइएको स्वीकार गरे । उनले अधिकारीको नियुक्तीसंगै अस्पतालको सुधार हुने दाबी गरे ।

एमडी गरेका डाक्टर इन्सपेक्टरमै  कार्यरत
सशस्त्र प्रहरीको एपिएफ अस्पतालमा लामो समयदेखि कार्यरत चिकित्सकहरुको बढुवा नहुदा उनीहरुमा चरम असन्तुष्टी छाएको छ । सशस्त्रमा प्राविधिक एसएपीको दरबन्दी खाली भएको एक बर्ष भइसक्दा पनि त्यसमा बढुवा गर्न कसैको चासो देखिदैन् । ‘इन्फ्रिट्रीमा दरबन्दी थपेर पनि बढुवा गर्नेकाम हुन्छ, हाम्रोमा १२ बर्ष इन्सपेक्टरमै बस्नुपर्ने बाध्यता छ, प्राविधिक क्षेत्र भनेर हामिलाई हेप्ने काम भएको छ,’ सशस्त्रका एक डाक्टरले भने ।

हाल ससस्त्रमा एसएसपी १, एसपी ९, डिएसपी १० र इन्सपेक्टर ५६ जनाको दरबन्दी खाली रहेको छ । त्यसैगरी सशस्त्रको मुद्धती सेवा निर्देशनालयमा समेत इन्जिनियर पृष्ठभूमीको एसएसपीको दरबन्दी विगत एक वर्षदेखि रिक्त छ । एसएसपी बढुवाको लागी डाक्टरतर्फ एसपी रुपक महर्जन र इन्जिनियर पट्टी एसपी सन्दिप थापा बढुवाको लाइनमा भएपनि नेतृत्वको अरुचीका कारण उनीहरु दुबै जना एसपीकै दरबन्दीमा बस्न बाध्य भएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले एक महिनाभित्र रिक्त दरबन्दीमा बढुवा र सरुवा गरिसक्ने प्रतिवद्धता जनाएको तीन महिना बितिसक्दा समेत सशस्त्रमा बर्षौदेखि उच्च अधिकारीको दरबन्दी खाली छ । उनीहरुको बढुवाका लागि पहल भएपनि महानिरीक्षक खनालले समय नपुगेको भन्दै फाइलअघि बढाएका छैनन् ।