सशस्त्र प्रहरीका महानिरीक्षक श्रेष्ठले दिए मातहतका निकायलाई यस्तो निर्देशन

सशस्त्र प्रहरीका महानिरीक्षक श्रेष्ठले दिए मातहतका निकायलाई यस्तो निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन हुने सि.सं. १९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको भदौ १५ गते एक समारोहका बीच प्रथम प्रवचन गर्नुभयो । त्यसै अवसरमा उहाँले सोही प्रतिष्ठानमा संचालन हुने सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम तथा सि.सं. १२ सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको समेत उद्घाटन गर्नुभयो ।

 

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुले संगठनले अपेक्षा गरेअनुरुप कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको उल्लेख गर्नुहुँदै कार्यक्षेत्रमा कर्तव्यनिष्ठाका साथ दायित्व वहन गर्दै नागरिको मन जित्न सफल रहेको बताउनुभयो । सांगठानिक लक्ष्य प्राप्तीका लागि सक्षम र सवल मानवश्रोत अपरिहार्य रहने तथ्यलाई आत्मसात गर्दै संगठनले तालिमका गतिविधिहरुलाई प्राथमिकता दिएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले भन्नुभयो–‘हरेक सुरक्षा संगठनको मेरुदण्ड भनेकै तालिम प्राप्त दक्ष जनशक्ति नै हो ।’

 

 

 

उहाँले प्रशिक्षार्थीहरुले आफ्नो सम्पूर्ण सामथ्र्य र क्षमतालाई उपयोग गर्दै तालिमका हरेक क्रियाकलापहरुमा अनुशासित, इमान्दार एवं सक्रिय सहभागिता जनाउँदै बढीभन्दा बढी व्यावसायीक ज्ञान आर्जन गर्नेतर्फ आफूलाई हरहमेशा अग्रसर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बल नेपालले विपद व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, सीमा सुरक्षा, औद्योगिक सुरक्षा लगायत शान्ति सुरक्षा कार्यमा पु¥याएको योगदानले गर्दा संगठनको छवी उच्च रहेको चर्चा गनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो प्रतिष्ठानबाट उत्पादित जनशक्तिबाट परिणाममुखी नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

 

सम्पूर्ण छनोट परीक्षाहरु उत्तिर्ण गरी सशस्त्र प्रहरी बल नेपाल जस्तो ओजस्बी संगठनमा भर्ना हुने प्रशिक्षार्थी अधिकृतहरुलाई संगठनको तर्फबाट बधाई तथा स्वागत गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले आफ्ना सन्ततीलाई सशस्त्र प्रहरी सेवामा प्रवेश गर्न अभिप्रेरित गर्ने अभिभावकजनमा आभार समेत व्यक्त गर्नुभयो ।

 

सो प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा ‘ज्ञान, सदाचार र नेतृत्व’ भन्ने मुलमन्त्र बोकेको यस प्रतिष्ठानले व्यावसायीक ज्ञान र दक्षतायुक्त जनशक्ति तयार गर्ने कार्यमा उपलब्ध साधनश्रोतको अधिकतम उपयोग गरी प्रशिक्षण कार्यलाई स्तरीय ढंगबाट संचालन गरिने उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी कार्य योजना प्रस्तुत गर्नुभएको थियो ।

 

एक वर्ष अवधिको सि।सं। १२ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा सशस्त्र प्रहरी बल नेपालमा खुल्ला प्रतियोगिताद्वारा भर्ना भएका ५४ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने सि.सं. १२ सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा कूल ११ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् । यसैगरी बाह्र हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा दुई जना सशस्त्र प्रहरी नायव उपरीक्षक र ३१ जना सशस्त्र प्रहरी निरीक्षक गरी कूल ३३ जना प्रशिक्षार्थीहरु सहभागि छन् ।

 

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के।सी।, नारायणबाबु थापा र रामशरण पौडेल लगायत बलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।