प्रहरी जवान कुँवरको हत्या आफ्नै साथीले गरको खुलासा

प्रहरी जवान कुँवरको हत्या आफ्नै साथीले गरको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर– बुधबार राति काम सकेर घर फकर्ने क्रममा हत्या गरिएका सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्याबारे नयाँ रहस्य बाहिर आएको छ । कैलाली प्रहरीका अनुसार गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत कुँवरको आफ्नै सहकर्मी धनबहादुर विष्टले हत्या गरेमा हुन् । मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा विवाद भएपछि विष्टले ढुंगाले हानेर कुँवरको हत्या गरेको प्रहरीको भनाइ छ ।

 

 

कुँवरले लगाउने गरेको सुनको सिक्रि विष्टको घरमा भेटिएपछि हत्याबारे रहस्य बाहिर आएको हो । यद्यपी घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेटीले बताए । विष्ट सशस्त्र प्रहरीको बढीमालिका गण कैलालीका जवान हुन् ।