काठमाडाैं–कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बुधबार राति ड्यिुटी सकेर घर गइरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरका प्रहरी जवान कुँवरको हत्या भएको थियो। सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी जवान कुँवरको हत्या नै भएको निष्कर्षमा पुगेको प्रहरीले ६ जनालाई पक्राउ गरेपनि नाम गोप्य राखेको छ।
कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेठीले घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिइएको काठमाडौंपाटीलाई बताए। तर, प्रहरी स्रोतका अनुसार कुँवर ड्यिुटी सकेर घर जाने क्रममा बुधबार राति महेन्द्रगरको न्यू संगम होटेल एन्ड लजमा नास्ता खाएका थिए। होटेलमा विवाद भएको थियो। प्रहरीले मृतक कुँवरकै साथी सशस्त्र प्रहरी बलका अर्का कर्मचारी भानु विष्ट, होटेल संचालक तरुण अवस्थी र अन्य तीन जनालाई नियन्त्रणमा लिएको स्रोतको दाबी छ।
डीएसपी सेठीले अनुसन्धान प्रभावित हुन सक्ने भएकाले नाम खोल्न नमिल्ने बताए। केही दिन अघि मात्र महेन्द्रनगरमा होस्टेलमै एक विद्यार्थीको हत्या भएको थियो। उक्त घटनाको अनुसन्धान किनारा लाग्न सकेको छैन।
फाेटाे स्राेत: नयाँपत्रिका
प्रतिक्रिया