सशस्त्र प्रहरीद्वारा नदी तथा मठमन्दिर सरसफाइ

सशस्त्र प्रहरीद्वारा नदी तथा मठमन्दिर सरसफाइ


काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले छठ पर्वका अवसरमा देशभरका एक सय ७८ नदी, तलाउ तथा मठमन्दिरमा सरसफाइ गरेको छ । छठ पर्वका बर्तालु भक्तजनहरुलाई सघाउ पु¥याउन सशस्त्र प्रहरीका विभिन्न इकाइहरुबाट सो सरसफाइ गरिएको हो ।

सरसफाइमा कुल दुई हजार ३५३ सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरु खटिएका थिए । काठमाडौँ उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा सरसफाइ गरिएको छ । त्यस्तै प्रदेश नं.१ मा २०, प्रदेश नं. २ मा ८८ र प्रदेश नं. ३ मा ७ स्थानमा सरसफाइ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बलले प्रदेश नं. ४ मा १५, प्रदेश नं. ५ मा २६, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३ ठाउँका नदी, तलाउ तथा मठमन्दिरको सरसफाइ गरिएको छ ।